जगेडामा थन्काएपछि गृहमन्त्री विमलेन्द्र निधिसँग रमेश खरेल फायर : योग्य भनिएका रमेश र सर्वेन्द्रलाई हेडक्वाटरमा थन्क्याइयो
काठमाडौं, १३ माघ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश खरेलले गृह मन्त्रालयको निर्णयमा असन्तुष्टि जनाएका छन् ।प्रहरीको मानवश्रोत विकास विभागका अनुसार बुधबार मध्यराति गृहमन्त्री विमलेन्द्र निधिको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले देशभरका एसएसपीहरुको सरुवा गरेको थियो ।
जसमा रमेश खरेललाई प्रहरी प्रधान कार्यालय यूएन जगेडा र सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।
अनुसन्धानमा पोख्त दुबै अफिसरलाई गृहमन्त्री निधिले खासै काम नहुने हेडक्वाटरमा सरुवा गरिदिएपछि असन्तुष्टि आएको प्रहरी स्रोत बताउँछ । ‘अपराध अनुसन्धानमा पोख्त अफिसरलाई हेडक्वाटर पठाएपछि अपराध अनुसन्धानमा ठूलो असर पर्नेछ’, एक जना प्रहरी अधिकृतले भने( ‘यो निर्णय समय सुहाउँदो भएन् ।’
रमेश खरेल निकट ती अधिकारीका अनुसार आफूलाई यूएन जगेडामा थन्काएपछि खरेल गृहमन्त्रीसँग असन्तुष्ट भएका छन् । यद्यपी खरेल अहिले देशबाहिर छन् ।
यसअघि पनि खरेल विवादास्पद वयानका कारण तत्कालिन गृहमन्त्री वामदेव गौतमका पालमा संगठनभित्र कारवाहीमा परेका थिए । त्यतिबेला उनी काठमाडौं प्रहरी प्रमुख थिए । यता एसएसपी सर्वेन्द्र खनाल पनि गृहमन्त्रीको निर्णयबाट सन्तुष्ट छैनन् । तर, संगठनका लागि भन्दै सरुवा निर्णय मान्न बाध्य भएको बताइन्छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
भिडियो सहित हेर्नुहोस !
0 comments:
Post a Comment